राजनीति

राष्ट्रवादको मुद्दामा राप्रपासँग विचार मिल्ने माओवादी अध्यक्ष प्रचण्डको जिकिर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १५ गते १७:५५
राष्ट्रवादको मुद्दामा राप्रपासँग विचार मिल्ने माओवादी अध्यक्ष प्रचण्डको जिकिर (भिडियो रिपोर्टसहित)

१५ मंसिर २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रवादको मुद्दामा आफ्नो दल र राप्रपा समान विचार रहेको बताउनुभएको छ ।

राप्रपाको उद्घाटनसत्रमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले राप्रपासँग विचार नमिले पनि दुई पार्टीमा राष्ट्रियता र देशभक्ति उस्तै रहेको बताउनुभयो ।

राप्रपाले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको अध्यक्ष दाहालको भनाई थियो ।

अध्यक्ष प्रचण्डले इतिहासप्रति गर्व गरेपनि वर्तमानमा हिड्न भने सक्नुपर्ने बताउनुभयो । राप्रपाले एकता महाधिवेशन गर्न लागेकोमा खुसी व्यक्त गर्दै उहाँले पार्टी फुटाएर तीन टुक्रा पारेर पनि आफ्नो महाधिवेशनलाई एकताको नाम दिएको भन्दै एमाले प्रति भने कटाक्ष गर्नुभयो ।

अध्यक्ष प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष हुने तयारी गरेको भन्दै ब्यंग्य समेत गर्नुभएको छ । मन्तव्य राख्ने क्रममा मैनालीले देशभक्तिको मामिलामा राजा महेन्द्रको योगदान सह्रानीय रहेको भनेपछि प्रचण्डले उहाँमाथि व्यंग्य गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले इतिहासतिर फर्कन नसक्ने भन्दै त्यसलाई बिर्सन भने नहुने उल्लेख गर्नुभयो । राप्रपाको महाधिवेशनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, मालेका महासचिव सीपी मैनालीलगायतले शुभकामना दिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्