Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २५५ संक्रमित थपिँदा २५६ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ मंसिर १४ गते १९:०४
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २५५ संक्रमित थपिँदा २५६ संक्रमणमुक्त

१४ मंसिर २०७८ काठमाडौं । नेपालमा पछिल्लो पटक २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ।

देशभर ४ हजार ३ सय २९ जनामा गरिएको पिसिआर परिक्षणमा २ सय ४५ र २ हजार १ सय ४० जनामा गरिएको एन्टीजेन परिक्षणबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यो अबधिमा २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २६ पुगेको छ । यस्तै २ सय ५६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ३१ पुगेको छ । १ सय १६ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन ।

पछिल्लो पटक देशभर २ लाख ११ हजार ५ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । ९८ लाख ७९ हजार ६ सय ४८ जनालाई पहिलो डोज र ८४ लाख ३७ हजार ८ सय ६० ले पूर्ण खोप लगाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *