Main News
प्रचण्डलाई देवेन्द्र पौडेलको काउण्टरस् शिक्षकले राजनीति गर्न पाउँदैनन् (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर १२ गते १५:२०
१२ मंसिर २०७८ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राज्यको तलब खाने शिक्षकले राजनीति गर्न नपाइने बताउनुभएको छ ।
प्रेस सेन्टर बागलुङले बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले सरकारले तोकेको जिम्मेवारी पूरा नगरी राजनीति गर्ने छुट शिक्षक, कर्मचारीलाई नभएको बताउनुभयो ।
उहाँले शिक्षकलाई बिद्यार्थीको भविष्य र राज्यले दिएको कर्तव्यप्रति प्रतिवद्ध भएर पूरा गर्न आग्रह गर्नुभयो ।
केहीदिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकले राजनीति गर्नु पर्ने आशयको अभिव्यक्ति दिनुभएको थियो ।
अध्यक्ष प्रचण्डको अभिव्यक्ति माओवादीबाट मन्त्री भएका पौडेलले खण्डन गर्नुभएको हो ।
प्रतिक्रिया