Main News

महाधिवेशनको तयारी अन्तिम चरणमा : एमाले, अध्यक्ष ओली चितवन जाँदै

हिमालय टिभी
२०७८ मंसिर ९ गते ९:०३
महाधिवेशनको तयारी अन्तिम चरणमा : एमाले, अध्यक्ष ओली चितवन जाँदै

९ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

भोलिबाट शुुरु हुने महाधिवेशनका लागि उद्घाटनस्थल र बन्द सत्र स्थलको बाँकी काम आजसम्म सकिने नेकपा एमालेले जनाएको छ । नेकपा एमाले निर्वाचन समितिका सदस्य शेरबहादुर तामाङले महाविधेशनमा सुरक्षाका लागि ५ हजार स्वयम् सेवक खटाइने जानकारी दिनुभयो ।

एमालेले उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक -यालीमा एउटा एम्बुलेन्स राखिने जनाएको छ । महाधिवेशन उदघाटन अगाडि चितवनका विभिन्न ठाउँबाट शुुरु हुने -यालीसँग एम्बुलेन्स पनि रहने गरी काम भइरहेको एमाले निर्वाचन समितिले जनाएको छ ।

यसैबीच नेताहरु आ–आफ्नो समुह बनाएर पदाधिकारीका लागि उम्मेद्वारी दिने तयारी पनि गरिरहेका छन् । एमालेका नेता सुवासचन्द्र नेम्वाङमा वरिष्ठ उपाध्यक्षका लागि आफुले सर्वसम्मतिका लागि प्रयास गर्ने नभए चुनाव पनि लड्ने बताउनुभयो ।

उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा र नेता महेश बस्नेतले सचिव पदमा यसअघि नै उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएको छ । अरु कसैले पनि खुलेर आफ्नो उम्मेद्वारी घोषणा गरेका छैनन् । तर भित्रभित्रै छलफलमा भने जुटेको बताएका छन् ।

यसैबीच महाधिवेशन उदघाटनका लागि अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *