राजनीति

कांग्रेस : देशभर महाधिवेशनको रौनक, सानेपामा रमिता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ६ गते २०:३४
कांग्रेस : देशभर महाधिवेशनको रौनक, सानेपामा रमिता (भिडियो रिपोर्टसहित)

६ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरिरहेको छ । आगामी १४ औँ महाधिवेशनमा सहभागी हुने अधिकांश महाधिवेशन प्रतिनिधि आजै चुनिँदै छन् । तर पार्टी केन्द्रीय कार्यालय सानेपामा भने यसको रौनकको सट्टा तमासा भइरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामै आन्तरिक विवाद मिलाउन नसक्दा सानेपामा केही दिनयता जिल्ला सभापतिसहितको रिले अनशन छ । सबैतिर अधिवेशन भइरहँदा आफ्नो जिल्ला जान नपाएका नेता कार्यकर्ता थप आक्रोशित बने ।

डढेल्धुराका कांग्रेस सभापति कर्ण मल्लले पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवलाई निर्वाचन रोकिदिन अन्तिम पटक आग्रह गर्नुभयो ।

महादेवप्रसाद यादवले विषयान्तर गरेपछि मल्ल थप आक्रोशित हुँदै झपार्नुभयो । निर्वाचन समितिका संयोजकलाई झपारेका मल्ल यतिमै रोकिनु भएन ।

जिल्लामा चर्किएको पार्टीको विवाद मिलाइदिन लामै समयदेखि काठमाडौंमा रुमल्लिएका मल्लले निर्वाचन समितिका संयोजक यादवलाई जस्तो निर्णय सुनाउने हो त्यो छिटै सुनाउन आग्रह गर्नुभयो ।

मल्ल कुनै पनि हालतमा रोकिने मुडमा देखिनु भएन । सभापति देउवाकै जिल्लामा देखिएको यो असन्तुष्टि सम्बोधन गर्न निर्वाचन समितिका संयोजकलाई फलामको चिउरा चपाउनु सरह नै छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा आफ्नो जिल्लाको विवाद मिलाउन अग्रसर हुनुपर्नेमा तर्किन खोजेपछि पार्टी केन्द्रीय कार्यालयमा जात्रा देखिन थालेको हो । दैलाभित्रकै झगडा अनदेखा गर्न खोजेका देउवालाई आँगनको विवाद मिलाउन सजिलो होला त ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्