Main News

रामदेवको टेलिभिजन उद्घाटनमा शीर्ष नेताको लस्कर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ३ गते १८:१८
रामदेवको टेलिभिजन उद्घाटनमा शीर्ष नेताको लस्कर (भिडियो रिपोर्टसहित)

३ मंसिर २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ तीन दलका शीर्ष नेता भारतीय योग गुरु बाबा रामदेवको टेलिभिजन उद्घाटन कार्यक्रममा सहभागी भएका छन् ।

रामदेव पतञ्जली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटनमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनु भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालले योगको महत्वबारे बोल्नुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने योगगुरु रामदेव र आचार्य बालकृष्णको प्रशंशा गर्नुभयो ।

प्रचण्डले बाबा रामदेव र आचार्य बालकृष्णसँग नेपालको शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा क्रान्ति ल्याउने विषयमा छलफल भएको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *