Main News
सत्ता जोगाउन कांग्रेस प्रचण्डपथमा हिँडेको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर १ गते १९:०१

१ मंसिर २०७८ बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता जोगाउनका लागि नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको आरोप लगाउनुभएको छ ।
नेपालगञ्जमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सत्ता जोगाउनकै लागि कांग्रेस आफ्नो आदर्श छोडेर अन्य दलको पिछलग्गु बनेको बताउनुभयो ।
एमालेसँग एक्लै चुनावमा भिड्ने हिम्मत कुनै दलसँग नभएको भन्दै उहाँले गठबन्धन तोडेर चुनावी मैदानमा आउन दलहरुलाई चुनौती समेत दिनुभयो ।
न्यायालयमा देखिएको विवादको प्रशंग निकाल्दै ओलीले अदालत लडाइको मैदानमा परिणत भएर आफ्नो गरिमा गुमाउनु दुखद भएको बताउनुभयो ।
अध्यक्ष ओलीले एमाले अब विवादरहित ढंगले जनताको काम गर्दै अघि बढेको दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया