Main News

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत,पक्षमा ५० विपक्षमा २९ मत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १ गते १४:५०
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत,पक्षमा ५० विपक्षमा २९ मत (भिडियो रिपोर्टसहित)

१ मंसिर २०७८ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

आज भएको मत विभाजनमा मुख्यमन्त्री राईले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उहाँले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गर्नुभयो ।

विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री राईले आगामी चुनावमा आफ्नो दलले जित हासिल गर्ने दाबी गर्नुभयो । एमालेको हार्ने चुनावबाटै पूरा हुने उहाँको भनाई थियो ।

आजको मतदानमा ७९ जना उपस्थित भएका थिए । मुख्यमन्त्री राईको पक्षमा उहाँको दल नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका हुन् । प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको थियो ।

यसअघि हिजो प्रमुख प्रतिपक्ष नेकपा एमालेका कारण हिजो तय भएको विश्वासको मत लिने कार्यसुची एक दिनपछि आजका लागि सरेको थियो। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण आफना सांसद आउन नसकेको भन्दै एमालेले हिजोको प्रदेश सभाको बैठक स्थगन गर्न माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *