Main News

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि सर्वोच्चमा प्रदर्शन, चार न्यायाधीश इजलास फर्किए (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३० गते १४:५०
प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि सर्वोच्चमा प्रदर्शन, चार न्यायाधीश इजलास फर्किए (भिडियो रिपोर्टसहित)

३० कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नासहितका कार्यक्रम गरेका छन् ।

प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै आन्दोलनरत कानून व्यवसायीले सर्वोच्चमा प्रदर्शन गरेका हुन् । उनीहरुले गत शुक्रबारदेखि नै प्रधानन्यायाधीश राणालाई अदालत छिर्न नदिने भन्दै प्रदर्शन गर्दै आएका छन् ।

तर प्रधानन्यायाधीशले भने उनीहरुलाई छक्याएर कार्यालय प्रवेश गर्दै आउनुभएको छ । कानून व्यवसायीहरुले प्रधानन्यायाधीश राणाले बिचौलियालाई संरक्षण गरिरहेको भन्दै उहाँको राजीनामा नआएमसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

राणाको राजीनाको माग गर्दै नेपाल बारले कात्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । बार एशोसिएशन र सहकर्मी न्यायाधीशहरुले नै राजीनामा माग गरे पनि प्रधानन्यायाधीश राणाले भने त्यसलाई अस्वीकार गर्दै आउनुभएको छ ।

सर्वोच्चकै न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन्। तर आज इजलास बहिस्कार गर्दै आएका चार जना न्यायाधीश भने काममा फर्केका छन् ।

न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ गरेको छ ।

प्रधानन्यायाधीश राणाले आफ्ना लागि कुनै इजलास नतोके पनि अरु दुई एकल र आठ संयुक्त इजलास तोक्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *