Main News
प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना
२०७८ कार्तिक २९ गते ९:४०

२९ कात्तिक २०७८ काठमाडौं । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेका को छ ।
आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना रहेको छ ।
राति पनि देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया