Main News

मुस्ताङको कोबाङ क्षेत्रमा भीषण हिमपहिरो, केही जना घाइते, विस्तृत विवरण आउन बाँकी (भिडियोसहित)

हिमालय टिभी
२०७८ कार्तिक २८ गते १४:३८
मुस्ताङको कोबाङ क्षेत्रमा भीषण हिमपहिरो, केही जना घाइते, विस्तृत विवरण आउन बाँकी (भिडियोसहित)

२८ कात्तिक २०७८ मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ याङ्दान खर्कमा हिमपहिरो जाँदा ९ जना घाइते भएका छन् ।

उक्त क्षेत्रमा बिहान ११ बजे हिम पहिरो गएको थियो । हिम पहिरो जाँदा भागदौडका क्रममा घाइते भएका ९ जनामध्ये ७ जनालाई जोमसोम अस्पताल लगिएको छ ।

तिमध्ये केहीको खुट्टा भाँचिएको गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले जानकारी दिनुभएको छ । घाइतेमध्ये अधिकांश कोवाङमा रहेको जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरु रहेका छन् ।

पहिरो देखेपछि कोवाङ, लार्जुङ, नाउरिकोट, बोक्सी आसपासका स्थानीयहरुको भागदौड भएको थियो ।

हिम पहिरो खसेका कारण बेनी—जोमसोम सडक ३० मिनेट बन्द गरिएको थियो । धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट हिमपहिरो खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *