Main News
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजबाट शुरु हुँदै
२०७८ कार्तिक २७ गते ८:५९

२७ कात्तिक २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि शुरु हुँदैछ ।
दुई दिनसम्म चल्ने बैठक ललितपुरको सानेपास्थित एक ब्याङ्क्वेटमा बिहान शुरु हुनेछ । हिजोको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीमा हुने छलफलका एजेण्डा तय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
पार्टीको साङ्गठनिक संरचना लगायतका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटीको पूर्ण बैठक बस्न लागेको उहाँको भनाइ छ ।
केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा र निर्वाचन आयोगका सदस्यहरूको शपथ गराउने कार्यसूची पनि तय भएको छ ।
बैठकमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नुहुने नेता खतिवडाले बताउनुभयो ।
प्रतिक्रिया