Main News

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन र ग्यासमा ७५ रुपैयाँ भाउ बढ्यो

हिमालय टिभी
२०७८ कार्तिक २५ गते ८:४८
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन र ग्यासमा ७५ रुपैयाँ भाउ बढ्यो

२५ कात्तिक २०७८ काठमाडौं । सरकारले गएरातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर रु तीनले बढाइएको छ ।

नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ७५ बढाएर १५ सय ७५ पुगेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर रु १३६ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य रु ११९ कायम भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर रु पाँच बढेर १०१ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेकोे निगमका सहप्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समायोजन मूल्यपछि पनि १५ दिनमा निगमलाई रु दुई अर्ब ६२ करोड घाटा हुने जारी विज्ञप्तिमा भनिएको छ । निगगले यही कात्तिक १२ गते पनि इन्धनको मूल्यवृद्धि गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *