Main News

सर्वोच्चका न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दाका सुनुवाइ नगर्ने

हिमालय टिभी
२०७८ कार्तिक २३ गते १३:१०
सर्वोच्चका न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दाका सुनुवाइ नगर्ने

२३ कात्तिक २०७८ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा सुनुवाइ नगर्ने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १० वटा इजलास तोक्नुभएको थियो । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै विरोधमा उत्रिएका न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने अडान कायमै रहेको बताएका छन् ।

न्यायाधीशहरुले प्रधानन्यायाधीशसँगको इजलासमा पनि नबस्ने बताएपछि राणाले आफ्नो एकल इजलास तोक्नुभएको छ । आज पनि न्यायाधीशहरु छलफलमा जुटेका छन् । राणाले राजीनामा नगरी इजलास तोक्दै जाने भएपछि न्यायाधीशहरु थप रणनीति बनाउन छलफलमा जुटेका हुन् ।

मन्त्रिपरिषदमा भागबण्डा मागेर न्यायिक विचलन निम्त्याएको भन्दै दुई साता अघिदेखि उनीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका छन् ।

तिहार अघि बन्दीप्रत्यक्षीकरणको इजलास तोक्ने सहमति भएको न्यायाधीशहरुले दाबी गरिरहदा प्रधान्यायाधीश राणाले कुनै सहमति नभएको बताउँदै आउनुभएको छ । न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाले आफ्नो इजलास नतोक्ने पनि न्यायाधीशहरुले बताउँदै आएका थिए ।

हिजो प्रधानन्यायाधीश राणाले आफ्ना लागि पनि इजलास राख्दै बन्दीप्रत्येक्षीकरण रिटमा मात्रै पेशी तोक्नुभएको थियो ।

आज प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा २ सय ९८ मुद्दा तोक्दा एउटा मात्रै बन्दीप्रत्येक्षीकरणको मुद्दा राख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *