Main News

कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु, ४०८ संक्रमित थपिँदा ५१८ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ कार्तिक १४ गते १७:१२
कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु, ४०८ संक्रमित थपिँदा ५१८ संक्रमणमुक्त

१४ कात्तिक २०७८ काठमाडौं । देशभर थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु भएको छ ।

७ हजार ८ सय ९९ जनामा गरिएको परीक्षणमा ४ सय ८ जनामा संक्रमण देखिएको हो । सबैभन्दा बढी काठमाडौंमा ९९ जना संक्रमित थपिएका छन् ।

देशभर गरी ५ सय १८ जना संक्रमणमुक्त भएका छन् । कुल सक्रिय संक्रमित भने ९ हजार ३ सय ७६ रहेका छन् । आज ३८ हजार ८ सय १५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ७१ लाख ८० हजार ६ सय ८९ पुगेको छ । यो कुल जनसंख्याको २३ दशमलव ७ प्रतिशत हो ।

यस्तै, २८ दशमलव ५ प्रतिशत अर्थात ८६ लाख ६८ हजार ५ सय ९२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *