Main News

देशभर न्यूनतम तापक्रम घट्दा चिसो बढ्दै

हिमालय टिभी
२०७८ कार्तिक १४ गते ९:२७
देशभर न्यूनतम तापक्रम घट्दा चिसो बढ्दै

१४ कात्तिक २०७८ काठमाडौं । आज देशको पहाडी भूभागको मौसम घाम लाग्दै बादल लागेपनि बाँकी ठाउँको मौसम भने सफा रहने मौसमविद्ले बताएका छन् ।

अहिले नेपालमा पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ ।

सामान्यतया दिउँसो र राति मौसम सफा हुँदा बिहानको तापक्रम घट्छ । केही दिनयता राति मौसम सफा हुँदा देशभरी नै न्यूनतम तापक्रम घटेर चिसो बढ्दै गएको मौसमविद् प्रधानाङ्गको भनाइ छ ।

महाशाखाका अनुसार हिजो जुम्लाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ । यस्तै जोमसोमको ३ दशमलव ५ डिग्री सेल्सियस र जीरीको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *