Main News

न्यायालयको लफडाः कानून व्यवसायीबीच कुटाकुट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १२ गते १४:४२
न्यायालयको लफडाः कानून व्यवसायीबीच कुटाकुट (भिडियो रिपोर्टसहित)

१२ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेको विषयमा विवाद हुँदा नेपाल बार एशोसिएशनमा दुई जना कानून व्यवसायीबीच कुटाकुट भएको छ ।

नेपाल बार एशोसिएशनको प्राङगणमा इजलास बहिष्कारका विषयमा छलफल गरिरहेका बेला कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो ।

चुँडालले इजलास नचल्दा घर खर्च धान्न मुस्किल भयो भन्दै इजलास खोल्नु पर्ने मत राख्दै आउनुभएको छ ।

आज पनि यही कुरा गरिरहँदा न्यौपानले चुँडाललाई बार एशोसिएशनको प्राङ्गणबाट घँचेटेर बाहिर निकाल्न खोज्नु भएको थियो । तर चुँडाल बाहिर निस्किन नमानेपछि दुई जनाबीच हात हालाहाल नै भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *