Main News
नेपाल बारले माग्यो प्रधानन्यायाधीश राणाको राजीनामा (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक ८ गते १७:१३

८ कात्तिक २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायपालिकाको सुधारका लागि निकास दिन आग्रह गर्ने भएको छ ।
नेपाल बार एशोसिएशनको आज बसेको आकस्मिक बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निष्कर्ष निकालेको हो ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार बारले भोलि सल्लाहकार परिषदको बैठक बसेर औपचारिक निर्णय गरेर आफ्नो धारणा सार्वजनिक गर्ने छ ।
श्रेष्ठले बारको आकस्मिक बैठकबाट भएको यो निर्णय भोलिको बैठकपछि थप परिपक्व हुने बताउनुभयो ।
प्रतिक्रिया