Main News

१४ जना न्यायाधीशले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

हिमालय टिभी
२०७८ कार्तिक ७ गते १९:१०
१४ जना न्यायाधीशले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक बहिस्कार गर्ने

७ कात्तिक २०७८ काठमाडौं । १४ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बहिष्कार गर्ने भएका छन् ।

१४ न्यायाधीशले आज दिउँसो बैठक बसी प्रधानन्यायाधीशले भोलिका लागि बोलाएको पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरेका हुन । न्यायाधीशहरुले इजलास भने बहिस्कार नगर्ने स्पष्ट गरेका छन् ।

प्रधानन्यायाधीश जबराले आज बिहान नेपाल बार एशोसिएशनका पदाधिकारीहरुसँगको छलफलमा भोलिका लागि आफूले सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक डाक्ने र त्यसमा बारका पदाधिकारीहरु पनि बोलाउने प्रतिबद्धता जनाउनु भएको थियो ।

पूर्ण बैठकमा न्याय क्षेत्रमा देखिएको विसंगति, न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन लगायत विषयमा छलफल गर्ने तयारी छ ।

तर १४ न्यायाधीश भने भोलि बिहानैदेखि छुट्टै छलफलमा बस्ने भएका छन् । पाँच दलीय गठबन्धन सरकारसँग भाग खोजेकोसहितका अनेक आरोपका कारण प्रधानन्यायाधीश जबरा विवादमा पर्नुभएको छ ।

जबराले आफूले गठबन्धन सरकारसँग मन्त्री भाग नमागेको र गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई नभनेको पनि प्रष्टीकरण दिँदै आउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *