Main News
कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु, ५१३ संक्रमित थपिँदा ८१७ संक्रमणमुक्त
२०७८ कार्तिक ६ गते १७:२१

६ कात्तिक २०७८ काठमाडौं । नेपालमा थप ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
चार हजार ९ सय ७२ पीसीआर परीक्षणमा ४ सय ३८ र एक हजार ९ सय ५९ एन्टिजेन परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थप ८ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ । ८ सय जना कोरोना संक्रमण मुक्त भएका छन ।
अहिले देशभर १० हजार ५ सय ५९ जना कोरोनाका सक्रिय संक्रमित छन । पछिल्लो पटक ६३ हजार ७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।
प्रतिक्रिया