Main News

धरानमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

हिमालय टिभी
२०७८ कार्तिक २ गते १७:१२
धरानमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

२ कात्तिक २०७८ धरान । अविरल वर्षाका कारण खसेको पहिरोले घर पुरिँदा सुनसरीको धरानमा दुई बालबालिकाको मृत्यु भएको छ ।

पहिरोले धरान–१३ नागेश्वर मार्गमा निसान राईको घर पुरिँदा उनकी छोरी ८ वर्षीया निसु र छोरा ४ वर्षीय निहानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो पौने २ बजे खसेको पहिरोले राईको टिनको छाना भएको एक तल्ले घर पुरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *