Main News

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ५९१ संक्रमित थपिँदा ९३७ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ कार्तिक १ गते १७:१२
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ५९१ संक्रमित थपिँदा ९३७ संक्रमणमुक्त

१ कात्तिक २०७८ काठमाडौं । देशभर थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ ।

९ हजार ६ सय ९७ जनामा गरिएको परीक्षणमा ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार ६ सय ५४ जनामा गरिएको पीसीआर परीक्षणबाट ५ सय २३ र २ हजार ४३ जनामा गरिएको एन्टीजेन परीक्षणमा ६८ जनामा कोरोना देखिएको हो ।

सबैभन्दा धेरै काठमाडौंमा २ सय ३ जना संक्रमित थपिएका छन् । आज ९ सय ३७ जना संक्रमणमुक्त भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ११ हजार ८ सय ७४ रहेको छ ।

जसमध्ये २ सय ८० जनाको आईसीयू र ९९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आज थप २७ हजार ७ सय १ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *