Main News

दशैं बिदा सकियो तर स्वास्थ्य संस्था र मन्त्रालय अझै यस्तो सुनसान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३१ गते १९:३९
दशैं बिदा सकियो तर स्वास्थ्य संस्था र मन्त्रालय अझै यस्तो सुनसान (भिडियो रिपोर्टसहित)

३१ असोज २०७८ काठमाडौं । सरकारी कार्यालय मात्र होइन, अस्पताल र अस्पतालहरुको नेतृत्वकारी निकाय स्वास्थ्य संस्था र मन्त्रालयको हालत पनि उस्तै छ ।

दशैंको सरकारी बिदा सकिएको छ । दशैं मान्न गएका सरकारी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरु भने अझै कार्यथलो फर्केका छैनन् ।

सडकमा यात्रु र गाडीको चाप बढ्न थालेको छ । विस्तारै अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ । तर कर्मचारी भने उपस्थित छैनन् ।

वीर अस्पतालमा बिरामीको चाप बढेपनि आइतबार हामी पुग्दा प्रशासनका कर्मचारीको कार्यकक्ष खाली थियो । अस्पतालका निर्देशक, उपनिर्देशक, प्रध्यापक, सहप्रध्यापक कोही पनि अस्पतालमा उपस्थित थिएनन् ।

अरु अस्पताहरुको अवस्था पनि वीरको जस्तै छ । त्रिवि शिक्षण अस्पतालले सोमबारदेखि मात्र पूर्ण रुपमा संचालनमा आउने जनाएको छ । निजामती कर्मचारी अस्पतालमा ओपीडी सेवा आइतबारदेखि संचालनमा आएको छ । तर अस्पतालका पदाधिकारी तथा कर्मचारी भने अस्पतालमा छैनन् ।

अस्पतालहरु मात्र होइन अस्पतालको नेतृत्वकारी निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हालत पनि उस्तै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको कार्यकक्ष खाली थियो । मन्त्रालयका सहसचिव, उपसचिवहरुको दशैं बिदा पनि अझै सकिएको छैन ।

स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ र उहाँको सानो सचिवालय बाहेक अरु शाखा महाशाखाहरु सुनसान थिए । समयमै मन्त्रालय पुगेका राज्यमन्त्री खापुङलाई तपाईका कर्मचारी किन मन्त्रालय नआएको भन्ने प्रश्नमा उहाँको जवाफ यस्तो छ ।

मन्त्री र सरकारी कर्मचारीहरुले आम नागरिकले तिरेको करबाट तलव भत्ता लिइरहेका छन् । सरकारले दशैं मनाउनका लागि ५ दिनको सार्वजनिक विदा दिएको छ । तर बिदा सकिएको भोलिपल्ट पनि कर्मचारी कार्यालय नपुग्नु लाजमर्दो कुरा हो । यसले फेरि एक पटक ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखानको सान्दर्भिकता झल्काएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *