Main News
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, ३९१ संक्रमित थपिँदा ६८० संक्रमणमुक्त
२०७८ असोज ३१ गते १७:४१
३१ असोज २०७८ काठमाडौं । देशभर थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।
८ हजार ७७ जनाको परीक्षण गर्दा ३ सय ९१ जनामा संक्रमण देखिएको हो । ६ हजार ९ सय ६६ जनाको पीसीआर गर्दा ४ सय ८५ र १ हजार १ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना संक्रमित थपिएका हुन् ।
२४ घण्टाको अवधिमा ६ सय ८० जना भने संक्रमणमुक्त भएका छन् । संक्रमण निको हुने दर ९७ प्रतिशत छ । देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार २ सय ९७ रहेको छ ।
जसमध्ये २ सय ९९ जनाको आईसीयूमा र ९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया