मोरङमा गार्डलाई गोली हानी बैंक लुटियो, लुटेरा समूहका तीन जना पक्राउ
२५ असोज २०७८ मोरङ । मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सिटिजन बैंक लुटपाट भएको छ ।
आज दिउँसो तीन जान हतियारधारी समूहले बैंकका सुरक्षा गार्डमाथि गोली प्रहार गरी बैंक लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले लुटपाटमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरेको समेत जानकारी दिनुभयो । लुटेराको गोली लागेर बैंकका एक जना सुरक्षा गार्ड गम्भीरर घाइते भएका छन् ।
घाइतेको अहिले उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । स्थानीयले भने पाँच जनाको समूहमा आएर लुटपाट गरेको बताएका छन् ।
गोली चलाएर बैंक लुटिएको पुष्टि भएकाले घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । चाडपर्वको पूर्वसन्ध्यामा गोली चलेपछि स्थानीय त्रासित बनेका छन् ।
प्रतिक्रिया