Main News
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा आठ जनाको मृत्यु, एक जना घाइते
२०७८ असोज २५ गते १६:२३

२५ असोज २०७८ कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १०, घान्द्रुकको कलेडाँडामा यात्रुवाहक जीप दुर्घटना हुँँदा आठ जनाको मृत्यु भएको छ ।
पोखराको हरिचोकबाट घान्द्रुक जादै गरेको ग १ ज ६९ ०० नम्बरको जिप जीप दुर्घटना हुँदा चालकसहित ८ जना घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।
जीपमा सवार ९ जनामध्ये १ महिलाको भने घाइते अवस्थामा उद्धार गरिएको छ । जीप माथिल्लो घुम्तीबाट खसेर तल्लो घुम्तीमा पुगेको थियो । उकालो बाटोमा ब्रेक फेल भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सबै शव पोस्टमार्टमका लागि पोखरास्थित गण्डकी अस्पतालमा पठाइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।
प्रतिक्रिया