Main News

प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि सुनसरी तनावग्रस्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २४ गते १३:१६
प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि सुनसरी तनावग्रस्त (भिडियो रिपोर्टसहित)

२४ असोज २०७८ सुनसरी । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त बनेको छ ।

अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साहको हिरासतभित्रै मृत्यु भएको थियो । त्यसपछि पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि झडप भएको छ ।

ढुङ्गामुढापछि प्रहरीले प्रदर्शनकारीलाई लखेट्न अश्रुग्यास हानेको छ । झडपमा प्रहरीसहित केही घाइते भएका छन् । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले भने सीसीटीभी क्यामेरामा स्पष्ट हात्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताउनुभयो ।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन पटकपटक प्रयास गरेपनि उग्र बनेको समूह प्रहरीमाथि जाइलागेको थियो । अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *