आज तीन प्रदेशको मौसम सामान्य परिवर्तन रहने

२४ असोज २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज तीन वटा प्रदेशको मौसम सामान्य बदली रहने जनाएको छ ।
महाशाखाले आज बिहान सार्वजनिक गरेको बुलेटिन अनुसार आज देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन । जसका कारण हाल देशभर सामान्यतया सफादेखि आंशिक बदली रहेको छ।
प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया