कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, ९६८ संक्रमित थपिँदा १११४ संक्रमणमुक्त
१९ असोज २०७८ काठमाडौं । नेपालमा थप नौ सय ६८ जनामा कोराना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्यु भएको छ ।
११ हजार ५ सय ८२ जनाको पीसीआर परीक्षणमा ७ सय ६२ र ४ हजार ४ सय ६० एन्टीजेन परीक्षणमा दुई सय ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल परीक्षणको ६ दशमलब शून्य तीन प्रतिशत हो ।
पछिल्लो पटक पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा २ सय ३१, ललितपुरमा ४१ र भक्तपुरमा ३० जना संक्रमित थपिएका हुन् ।
पछिल्लो पटक एक हजार १ सय १४ जना संक्रमणमुक्त भएका छन । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४८ म झरेको छ ।
३ सय ३५ जनाको आइसीयू र एक सय २२ जनाको भेन्टलेटरमा उपचार भइरहेको छ । पछिल्लो पटक संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ८० पुगेको छ ।
पछिल्लो पटक १ लाख ३२ हजार ८ सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
प्रतिक्रिया