Main News

आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै

हिमालय टिभी
२०७८ असोज १५ गते ९:१५
आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै

१५ असोज २०७८ काठमाडौं । आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ ।

३१ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय गरेको छ । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताउनुभएको छ ।

दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उहाँले जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको जीविकोपार्जन र रहनसहनलाई मानवोचितस्तरमा सुनिश्चित गर्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनुभएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ताजस्ता सेवा र सुविधालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बद्ध निकायलाई आग्रह गर्नुभएको छ ।

उहाँले तीव्र रूपमा विकसित भइरहेको विद्युतीय प्रविधिको माध्यमबाट ज्येष्ठ नागरिकको जीवनलाई सरल र सम्मानित बनाउन हामीले गर्ने थप मेहनतले मात्र यो अभियान सार्थक हुन सक्ने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *