Main News

आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

हिमालय टिभी
२०७८ असोज १३ गते ८:५१
आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

१३ असोज २०७८ काठमाडौं । विश्व मुटु दिवस, आज नेपालमा पनि विविध चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ ।

नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मानिस मुटुरोगी भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान छ। पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ ।

बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको हो । १८ वर्षमाथिका सबै व्यक्ति मुटुरोगको जोखिममा रहेको चिकित्सकहरुको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक करोड ४६ लाख मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको छ । नेपालमा भने बर्सेनि ३० हजार व्यक्तिको मुटुरोगबाट मृत्यु हुने गरेको छ ।

नेपालमा १८ वर्षमाथिका ३५ प्रतिशत मानिस उच्च रक्तचाप र १८ वर्षमाथिका २५ प्रतिशतमा उच्च कोलस्टेरोलको समस्या छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशत मुटुसम्बन्धी कुनै न कुनै रोगले ग्रसित रहेका छन् ।

यस्तै ९० प्रतिशत मानिस मुटु रोग लाग्ने जोखिममा छन् ।सरकारले १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धलाई निःशुल्क मुटुको शल्यक्रिया तथा उपचार गर्ने गरेको छ ।

मुटु रोगका कारण हृदयाघात हुने सम्भावना हुन्छ । नियमित शारीरिक अभ्यास र खानपानमा ध्यान दिन सके मुटुरोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *