उडिरहेका बुद्ध एयरको दुई विमानमा समस्या, दुवै उडान सकुशल अवतरण (भिडियो रिपोर्टसहित)

Himalaya Television
२०७८ असोज ११ गते १४:५२

उडिरहेका बुद्ध एयरको दुई विमानमा समस्या, दुवै उडान सकुशल अवतरण (भिडियो रिपोर्टसहित)

११ असोज २०७८ काठमाडौं । बुद्ध एयरका दुई वटा उडानमा आज समस्या आएको छ । र दुवै उडानसकुशल अवतरण भएको बुद्ध एयरले जनाएको छ ।

बिहान काठमाडौंबाट विराटनगर गएको विमान ल्यान्डिङ्ग गियरमा समस्या आएपछि काठमाडौंमा तै फर्किएर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

काठमाडौं फर्केपछि पनि विमानले यहाँको आकाशमा केही फन्को लगाएको थियो । बुद्ध एयरले भने ल्यान्डिङ्ग गियर ठिकठाक रहेको तर त्यसको इन्डिकेटरले काम नगर्दा समस्या आएको बताएको छ ।

यस्तै वुद्ध एयरकै अर्को पोखरा गएको विमानको ककपिटमा धुवाँ देखिएपछि त्यसलाई पनि काठमान्डौँ फर्काएर आकस्मिक अवतरण गरिएको थियो ।

पछि जाँच गर्दा सबै ठिकठाक देखिएपछि त्यै जहाज पोखरा गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs