Main News
गौतम बुद्ध विमानस्थल निर्माणमा अवरोध नगर्न पौडेलको सरकारसँग आग्रह (भिडियो रिपोर्टसहित)
२०७८ असोज ९ गते १९:०७

९ असोज २०७८ काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाउनु भएको छ ।
रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको उद्घाटन गर्दै उहाँले विमानस्थलको काम अघि बढाउन एशियाली विकास बैंक एडीबीसँग तत्काल सम्झौता गरेर बजेटको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
उपमहासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशकै नमूना जिल्ला हुने गरी विकास गर्ने भन्दै त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दावी समेत गर्नुभयो ।
उहाँले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुटट्याइएको बजेट सरकारले कटौति गरेको भन्दै असन्तुष्टि समेत जनाउनुभयो ।
प्रतिक्रिया