Main News

संघीय संसदको दुबै सदनको बैठक आज

हिमालय टिभी
२०७८ असोज ७ गते ८:४७
संघीय संसदको दुबै सदनको बैठक आज

७ असोज २०७८ काठमाडौं । संघीय संसदको दुबै सदनको बैठक आज बस्दैछ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै राष्ट्रियसभाले विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी गरेको छ ।

गत मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘ विनियोजन विधेयक, २०७८’ टेबुल गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *