Main News

अध्यक्ष नेपालको राजनीतिक प्रस्ताव सुझावसहित पारित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ६ गते १८:०४
अध्यक्ष नेपालको राजनीतिक प्रस्ताव सुझावसहित पारित (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष नेपालको प्रस्ताव समूहगत छलफलपछि पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

समूह नेताले दिएका सुझावलाई संश्लेषण गर्दै अध्यक्ष नेपालले जनताको बहुदलीय जनवाद जबज सिर्जनात्मक अध्याय भएको भन्दै त्यसलाई थप सिर्जनात्मक बनाउने बताउनुभयो ।

जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले कुरूप र विकृत बनाएर जबजको काम छैन भन्ने अवस्थामा पुर्‍याएको अध्यक्ष नेपालले बताएको खतिवडाले जानकारी दिनुभयो ।

भोलि बिहान ११ बजे बस्ने बैठकले तीन महिने कार्ययोजना पास गर्नुका साथै महासचिव समेत चयन गर्ने प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो । भोलिको बैठकले स्थायी कमिटी र पोलिटब्यूरो सदस्य समेत टुङ्गो लगाउने छ ।

चुनाव चिन्हमा प्राप्त सुझावका आधारमा निर्णय गरेर निर्वाचन आयोग जाने समाजवादीको तयारी छ । पार्टीले आगामी तीन महिनामा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *