Main News

डाइलासिस मेसिन तत्काल थप गर्न सरकारलाई संसदीय समितिको निर्देशन

हिमालय टिभी
२०७८ असोज ६ गते १७:४६
डाइलासिस मेसिन तत्काल थप गर्न सरकारलाई संसदीय समितिको निर्देशन

६ असोज २०७८ काठमाडौं । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले डायलासिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले डाएलासिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा समितिकी सभापति जयपुरी घर्तीले समितिले नेपालका नागरिकहरुमा इच्छाशक्तिको कमी भएकाले आत्मबल बढाउन मन्त्रालयले विभिन्न जनचेतनामूलक कार्यक्रम राख्नुपर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले छिटोभन्दा छिटो डाएलासिस गर्ने, किड्नी ट्रान्सप्लान्ट गराउने कुरामा तत्काल ध्यान दिन पनि मन्त्रालयलाई निर्देशन दिनुभयो । किड्नी फेल हुने समस्या नेपालीहरुमा धेरै पाइएकाले यसलाई कसरी कम गर्ने भनेर अध्ययन गर्न आवश्यक रहेको भन्दै सभापति घर्तीले क्यान्सर, औलो र किड्नी ट्रान्सप्लान्टको उपचारका लागि विशेष अस्पतालहरु बनाउन पनि सुझाव दिनुभयो ।

सभापति घर्तीले भन्नुभयो, ‘नेपालमा हाम्रो सबैभन्दा धेरै इच्छाशक्तिको कमी छ, त्यसलाई हामीले कसरी उजागर गर्ने, कसरी अघि बढाउने ? छलफल गर्न जरुरी छ । यसलाई जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया गरेर पनि आफूले गर्नुपर्छ भन्ने मनोभावनाको विकास गर्नुपर्ने आवश्यकता देख्छु ।’

सभापति घर्तीले समितिले गरेको निर्णय र सुझावलाई मन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *