Main News

विपक्षीको नाराबाजीबीच संसदबाट विनियोजन विधेयक पारित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ४ गते १२:४२
विपक्षीको नाराबाजीबीच संसदबाट विनियोजन विधेयक पारित (भिडियो रिपोर्टसहित)

४ असोज २०७८ काठमाडौं । प्रमुख विपक्षीको नाराबाजीका बीच प्रतिनिधि सभाले विनियोजन विधेयक बहुमतले पारित गरेको छ।

प्रतिनिधि सभामा छलफल गरेरै यो विधेयक पारित गरिएको हो । तर छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र भाग लिनुभयो । सुवालले राखेका खर्च कटौतीको प्रस्ताव प्रतिनिधि सभाले अस्वीकृत गरेको थियो ।

खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने अर्थमन्त्री शर्माको प्रस्ताव एमालेको नाराबाजीका बीच बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाबाट पारित भएका विधेयक अब राष्ट्रिय सभामा लगिने छ। राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउने प्रक्रिया छ ।

त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ विधेयक पठाएपछि बजेट कार्यान्वयनमा आउने ब्यवस्था रहेको छ । यो प्रक्रिया पुरा भएपछि हालको बजेट होलिडेको अवस्था अन्त्य हुनेछ । त्यसैका लागि भोलि राष्ट्रियसभाको बैठक बोलाइएको छ ।

विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवाल एक्लैले सहभागिता जनाउनुभएकोव थियो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु नाराबाजीमा केन्द्रित भए भने सत्तारुढ गठबन्धनका कुनै पनि सांसदले छलफलमा भाग लिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *