Main News

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७८ असोज ४ गते ९:०२
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

४ असोज २०७८ काठमाडौं । नेकपा एमलोको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे तुलसिलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बैठक शुरु हुने एमाले नेताहरूले बताएका छन् ।

हिजोको स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावका बारेमा बाँकी नेताहरूले धारणा राख्ने भएका छन् । प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ ।

नवौं महाधिवेशनदेखि एमालेमा ७० वर्षको उमेर हदको व्यवस्था राखिएको थियो । तर अध्यक्ष केपी शर्मा ओली पक्ष सहभागी स्थायी कमिटी बैठकले यसअघि उमेर हदको प्रबन्ध हटाउने निर्णय गरेको थियो ।

असोजको १५ देखि १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि स्थायी कमिटी बैठकमा छलफल गरिने एमाले नेता अमृत कुमार बोहराले जानकारी दिनुभयो ।

प्रस्तावमाथि हिजो उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु बोहरा, केशव बडाल र पुष्प कँडेलले टिप्पणी राख्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *