Main News

भेरी अस्पतालका सटरमा यसरी चल्यो डोजर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २ गते २०:३८
भेरी अस्पतालका सटरमा यसरी चल्यो डोजर (भिडियो रिपोर्टसहित)

२ असोज २०७८ बाँके । नेपालगञ्जको भेरी अस्पताल परिसरमा व्यावसायिक प्रयोजनका लागि निर्माण गरी वर्षौदेखि भाडामा दिइएका सटर भत्काइएको छ । अस्पताल परिसर निजी क्षेत्रलाई व्यवसाय गर्न नदिने सरकारको नीति अनुसार भेरी अस्पताल विकास समितिले सटर भत्काएको हो ।

यो नेपालगञ्जको भेरी अस्पताल परिसर हो । यहाँ हिजोसम्म निजी व्यवसाय थियो ।

तर अहिले त्यो व्यवसायलाई हटाइएको छ र सटर पनि भत्काइएको छ । सटर भत्काउन डोजर नै प्रयोग गरिएको छ । देश भरका कुनै अस्पताल परिसर निजी क्षेत्रलाई व्यवसाय गर्न नदिने संघीय सरकारको नीति छ । र त्यही नीति अनुसार यहाँका सटर हटाइएको हो ।

अस्पतालले मासिक १० हजारदेखि १ लाख रुपैयाँसम्म सटर भाडामा दिने गरेको थियो । जुन अस्पतालको आम्दानीको श्रोत थियो । तर यी सटरबाट अस्पतालले सोचे अनुसार रकम उठाउन सकेको थिएन । किन कि व्यवसायीले समयमा भाडा तिर्ने गरेका थिएन । अहिले पनि झण्डै ९० लाख रुपैयाँ भाडा उठाउन बाँकी छ ।

अस्पताल परिसरमा ३४ वटा सटरमा चिकित्सकका क्लिनिक, प्रयोगशाला, एक्सरे, खाना तथा खाजा पसल मनी ट्रान्सफर सञ्चालन हुँदै आएका थिए । अस्पतालका केही कर्मचारी र बिचौलियाले अस्पतालका बिरामीलाई परीक्षण तथा औषधि खरिदका लागि यहीका सटरमा रहेका निजी क्लिनिक, प्रयोगशालामा पठाउँदै र लैजाँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *