Main News

आफ्नो पार्टीबाहेक अरुले चुनाव चितेर सरकार बनाउन नसक्ने अध्यक्ष ओलीको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २९ गते १८:४३
आफ्नो पार्टीबाहेक अरुले चुनाव चितेर सरकार बनाउन नसक्ने अध्यक्ष ओलीको दाबी (भिडियो रिपोर्टसहित)

२९ भदौ २०७८ झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक अरुले चुनाव चितेर सरकार बनाउन नसक्ने दाबी गर्नु भएको छ।

एमाले झापाले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै एमाले बाहेक अरुले जनादेशबाट सरकार बनाउन नसक्ने दाबी गर्नुभयो ।

सम्बोधनको अधिकांश समय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्दै बिताएका अध्यक्ष ओलीले एमालेबाट चोटिएर गएको समूहले आगामी निर्वाचनमा वडाध्यक्षसमेत नजित्ने जिकिर गर्नुभयो ।

उहाँले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु आफ्नो पार्टीको बाध्यता भएको बताउनुभयो ।

आफ्नो पार्टी फुटाउन षड्यन्त्र गरेकाले एमालेले अग्निप्रसाद सापकोटालाई सभामुख नमान्ने अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *