Main News

एमसीसी पारित गर्नु नेपाली जनताका लागि ‘विष सरह’ हुने सांसद सुवालको टिप्पणी

हिमालय टिभी
२०७८ भदौ २५ गते १४:४३
एमसीसी पारित गर्नु नेपाली जनताका लागि ‘विष सरह’ हुने सांसद सुवालको टिप्पणी

२५ भदौ २०७८ काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौंता पारित गर्नु नेपाली जनताका लागि ‘विष सरह’ हुने टिप्पणी गर्नु भएको छ ।

नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौंताबारे द्विविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई समेत आग्रह गर्नु भयो ।

नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत गर्दै उहाँले अमेरिकी अधिकारीले सो सम्झौंता सम्बन्धमा सयथरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताउनु भयो ।

सांसद सुवालले भन्नुभयो, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो । यो यथार्थता नेपाली जनताले पनि बुझिसकेका छन् । यो संघीय संसदका सबै माननीयहरु द्विविधामा पर्नु आवश्यक छैन । बूढो बाघले शिकार गर्न नसकेपछि चूरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनि थाहा पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो । अमेरिकी अधिकारीहरुले सय थरी कुरा गर्दैछन् । हामी उनीहरुका सयथरी कुरामा फस्नु हुन्न ।’

सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौंताको विरोधमा प्रदर्शन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *