Main News
आजको प्रतिनिधिसभा बैठकमा पनि एमालेको अवरोध
२०७८ भदौ २५ गते १३:४५

२५ भदौ २०७८ काठमाडौं । प्रतिनिधसभाको आजको बैठकमा पनि विपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।
बैठकको कारबाही प्रारम्भ हुनासाथ एमालेका सांसदहरु उठेर नाराबाजी गरेका हुन् । उनीहरुले संसदीय सर्वोच्चताको माग गर्दै नाराबाजी गरेका थिए ।
१५ मिनेटभन्दा बढी नाराबाजी भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक आजै १५ मिनेट लागि स्थगित गर्नु भएको छ ।
बैठकमा नाराबाजी भएपछि सभामुख सापकोटाले बैठक सञ्चालन गर्न दिन पटकपटक आग्रह गर्नु भएको थियो ।
प्रतिक्रिया