Main News

पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

हिमालय टिभी
२०७८ भदौ २४ गते १३:५६
पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

२४ भदौ २०७८ काठमाडौं । काठमाडौंको पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

बिहीबार बिहान करिव सवा ९ः४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालयभित्र भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो ।

स्थानीय जानकारी दिएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरीको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाका अनुसार अहिले उक्त क्षेत्र सुरक्षित रहेको छ भने शंकास्पद वस्तु सुरक्षित रुपमा नेपाली सेनाले निष्क्रिय पारेको छ । तर्साउने ध्येयले राखिएको उक्त शंकास्पद वस्तु बम भए–नभएको अनुसन्धानपछि मात्रै भन्न सकिने पनि नेपाली सेनाको डिस्पोजल टोलीले जानकारी गराएको छ ।

क्याप्टेन सन्दीपले भन्नुभयो, ‘यो अहिले सेभ्ली डिस्पोज भइसकेको छ, यसको फरदर हामी इन्भेस्टिगेट गर्दर्छौं, यो तर्साउनलाई मात्र राखिएको हो, सर्किट सबै कम्प्लिट भएको छ, यसमा हुनुपर्ने मेन कुरा, एक्सक्ल्यूसिभ कुरा छैन, त्यसैले यो धेरै रिस्की होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *