Main News

एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै

हिमालय टिभी
२०७८ भदौ २३ गते ६:३६
एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै

२३ भदौ २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बस्ने भएको छ ।

आजदेखि सुरु हुने दुवै संसद्को बैठकमा पार्टीले संसद् सञ्चालनसम्बन्धी रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पटकपटक प्रतिनिधिसभा विघटन गरेपछि असन्तुष्ट बनेका केही नेता उक्त पार्टीबाट अलग भएर स्थापना गरेको एकीकृत समाजवादीले पहिलोपटक संसद्को बैठकमा सहभागी हुनेछ ।

यसअघि उक्त पार्टीले दलको नेतामा माधवकुमार नेपाललाई जिम्मेवारी दिएको थियो ।

उक्त दल निकट समाजवादी प्रेसले १५१ सदस्यीय कार्य समितिको विधान तयार गरिसकेकाले चाँडै जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *