Main News

एमसीसीबारे बुझ्नेले मात्र बोल्न र नबुझ्नेले नबोल्ने देउवाको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २२ गते १९:०७
एमसीसीबारे बुझ्नेले मात्र बोल्न र नबुझ्नेले नबोल्ने देउवाको निर्देशन (भिडियो रिपोर्टसहित)

२२ भदौ २०७८ काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिनुभएको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको र त्यसैलाई यो सरकारले निरन्तरता दिने बताउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले एमसीसीका नाममा राजनीति गरिएको र झुटो प्रचार भएको आरोप लगाउँदै यसबारेमा सबै दलसँग छलफल गर्ने जानकारी दिएको कांग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।

एमसीसी प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको देउवाले बताउनुभयो । बैठकमा केही सांसदहरुले भने एमसिसीको विवादामा पार्टी फस्न नहुने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *