Main News

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १९ गते १३:०७
एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनु भएको छ ।

अस्वस्थ भएपछि आजका लागि उहाँका पूर्वनिर्धारित औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।

नेकपा एमाले काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम छ । यो कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय थियो ।

तर बिरामी भएका कारण ओली यो कार्यक्रममा सहभागी नहुने बजगाइँले जानकारी दिनुभयो । उहाँका अनुसार एमाले अध्यक्ष ओलीलाई हिजो बेलुकीदेखि ज्वरो आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *