Main News

दर्लभ थापालाई हराएर देखाउन महेश बस्नेतलाई देउवाको चुनौति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १८ गते १९:०४
दर्लभ थापालाई हराएर देखाउन महेश बस्नेतलाई देउवाको चुनौति (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७८ काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो चुनावमा भक्तपुरका कांग्रेस नेता दुर्लभ थापालाई हराएर देखाउन एमाले नेता महेश बस्नेतलाई चुनौति दिनुभएको छ ।

बस्नेतले गत भदौ पहिलो साता भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै चुनाव जित्ने दाबी गर्नुभएको थियो । देउवाले बस्नेतकै क्षेत्रमा पुगेर आज यो जवाफ फर्काउनुभएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा वडा अधिवेशनको उद्घाटन गर्दै देउवाले आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउने जिम्मेवारी आफूहरुलाई रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *