Main News

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडी प्रदर्शन, दश जना पक्राउ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १८ गते १३:२४
एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडी प्रदर्शन, दश जना पक्राउ (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडी प्रदर्शन भएको छ ।

‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अभियानका संयोजक निर्ग जैसीले आफूसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको बताउनुभयो ।

पक्राउ पर्नेहरुमा जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली छन् ।

जैसी माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत हुन् । जैसी नेतृत्वमा एक हजार एक जनाको ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ गठन भएकव छ ।

आजको विरोध प्रदर्शनको नेतृत्व भने काठमाडौं जिल्ला समितिले गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *