Main News

प्रदेश २ मा जसपाका १० जना सांसदले रोजे लोसपा

हिमालय टिभी
२०७८ भदौ १६ गते १६:५३
प्रदेश २ मा जसपाका १० जना सांसदले रोजे लोसपा

१६ भदौ २०७८ धनुषा । जनता समाजवादी पार्टी (जसपा)का १० प्रदेश सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल र पूर्वमन्त्री एवं लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया जनकपुरधाम स्थित प्रदेश निर्वाचन कार्यालय पुग्नु भएको थियो ।

सोनलले भने आज सनाखत नगराउने बताइएको छ । सनाखत गराउने समय भदौ २२ गतेसम्म भएकाले बाँकी सांसदको पछि सनाखत हुने सोनलले बताउनुभयो ।

अहिलेसम्म लोसपा रोजेका सांसदहरुमा प्रमेश्वर साह, सुरिता साह, बविता कुमारी, निलम देवी भूमिहारिन, अल्का झा, गौरी नारायण साह, जानकी शरण साह, जैलुन राइन, रमेश प्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका छन् ।

१८ देखि २० सम्म लोसपा रोज्ने दावी छ । तत्कालीन राजपाबाट २५ र समाजवादी पार्टीबाट २९ सांसदले जितेका थिए । पछि जसपा भएपछि ५४ र एक स्वतन्त्र जसपामा लागेपछि ५५ सांसदसहित जसपाको सरकार थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *