Main News
काठमाडौं महानगर र सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति
२०७८ भदौ १६ गते ७:२७
१६ भदौ २०७८ काठमाडौं । काठमाडौँ महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएको छ।
हिजो बेलुका भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने छ ।
साथै सिसडोलका विद्यालय र क्लबहरुमा खेलकूदका सामग्रीको व्यवस्थापन गर्ने तथा सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने उल्लेख छ । यो सँगै आजदेखि उपत्यकामा थुप्रिएका फोहर सिसडोल लान थालिने छ ।
काठमाडौँमा केही दिनदेखि थुप्रिएको फोहोरले वातावरण दूषित पार्नुका साथै संक्रमण रोग फैलिने सम्भावना समेत थियो ।
फोहर व्यवस्थापन गर्न नसकेको भन्दै काठमाडौं महानगरको चर्को आलोचना भइरहेको छ ।
प्रतिक्रिया